| सोमवार, कार्तिक २३, २०८३

बिरेन्चोकमा मिनिबस दुर्घटना, ४ जना सामान्य घाइते

गोरखा बाट नारायणगढतर्फ जादै गरेको ना ३ ख ८०९० नंको मिनिबस दुर्घटना भएको छ । बिहान ८ बजे गोरखा नगरपालिका वडा नं विरेन्चोक नजिकै उक्त दुर्घटना भएको हो । बाटोमा हिडिरहेका पैदल यात्रीले झुक्याउदा उक्त मिनिबस विजुलीको पोलमा ठोक्किन पुगेको ट्राफिक प्रहरी टिका शर्माले बताए । अगाडि सिटमा बस्ने ४ जना सामान्य घाइते भएका र सामान्य उपचार पश्चात सबै घर फर्किसकेको शर्माले बताए ।


घाइते हुनेमा सिरानचोक गाउँपालिका वडा नं ८ का २४ वर्षिय दिलिप ढकाल, गोरखा नगरपालिका वडा नं ९ लक्ष्मिबजार बस्ने वर्ष २३ कि बसुन्धारा सिर्मल, अजिरकोट गाउँपालिका वडा नं ९ भच्चेककी ४० वर्षिय तारादेवि गुरुङ र भिमसेनथापा गाउँपालिका वडा नं. ३ बस्ने ३५ वर्षकी निर्मला बन्जरा रहेको प्रहरीको भनाइ छ ।


बस चालक र बस हाल प्रहरी कार्यालय गोरखाको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्