गोरखा प्रहरीद्धारा १८ जना फरार अभियुक्त पक्राउ, सात लाख ३५ हजार असुल
अदालतको फैसला कार्यन्वयन गर्ने अभियानलाई तिब्रता दिएको गोरखा प्रहरीले सोमवार १८ जनालाई पक्राउ गरेको छ ।
अदालत र प्रशासनबाट कैद तथा जरिवाना तोकिएका उनीहरुलाई सजाया भुक्तानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए ।
१८ जनाबाट एक वर्ष पाँच दिन कैद र सात लाख ३५ हजार तीन सय ८३ रुपैयाँ असुल उपर गरिएको छ । बैंकिङ कसुर लागेका गण्डकी गाउँपालिका ४ का लोकबहादुर भट्ट सात लाख जरिवाना र १५ दिन कैद सजाया तोकिएका ब्यक्ति हुन् ।
शहीदलखन गाउँपालिका ७ मा सरकारी कागज किर्ते मुद्धाका अनिल तिवारीबाट ११ महिना छ दिन र ५० रुपैयाँ जरिवाना असुल गर्न बाँकी छ । लागु औषध मुद्धामा शहीदलखन गाउँपालिका ६ का नारायण योगी सात दिन कैद सजाया भुक्तानमा परेका छन् ।
गोरखा नगरपालिका ९ का रबिन खत्री लागुऔषध मुद्धामा फरार प्रतिबादी हुन् । उनले सात दिन कारागार सजाया भुक्तान गर्न बाँकी छ । यी चार जना कारागार चलान भएको प्रहरीले जनाएको छ ।
अन्य १४ जना भने जरिवाना तिरेर छुटेका छन् । बन मुद्धामा पालुङटार ९ का जिवित गुरुङबाट १६ हजार तीन सय ३३ असुल भएको छ । सार्वजनीक अपराध गरेका र एक हजार देखि १० हजार सम्म जरिवाना तोकिएकाहरु १३ जना छन् ।
बारपाक सुलिकोट २ का १२ जना र पालुङटार १ का दिपक बिक रहेका छन् ।




