
प्रदेश प्रहरी प्रमुखद्वारा जिप्रका गोरखा निरीक्षण भ्रमण
गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआईजी दिपेश लोहनीले जिल्ला प्रहरी कार्यालय गोरखाको निरीक्षण भ्रमण सम्पन्न गरेका छन् ।
नियमित निरीक्षण भ्रमणको क्रममा गोरखा आएका डिआईजी लोहनीले बिहिबार निर्माणाधीन जिल्ला प्रहरी कार्यालय गोरखाको भवन एवं जिल्ला प्रहरी कार्यालयको कार्यसम्पादनको बिषयमा बारे जानकारी लिएका थिए ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय मातहतका एकाइहरुको कार्यसम्पादनको बारेमा पनि जानकारी लिएका थिए ।
साथै शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्ने बारे जिप्रका प्रमुख तथा अन्य प्रहरी अधिकारीहरुलाई निर्देशन दिएको कार्यालयले जनाएको छ ।




