| सोमवार, कार्तिक २३, २०८३

प्रहरीद्वारा ७ हजार दुइ सय ९० लागु औषध गाँजाको बोट नष्ट

जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्लाका विभिन्न स्थानमा प्राकृतिक रुपमा उम्रिएका लागु औषध गाँजाको बोटहरु नष्ट गरेको छ । लागु औषध नियन्त्रणको अभियानलाई प्रमुख प्राथमिकता दिइ विभिन्न कार्यहरु गर्दै आएको कार्यालयले यस आर्थिक वर्ष २०७८/०७९ को भाद्र २० गतेसम्म जम्मा ७ हजार दुई सय ९० बोटहरु नष्ट गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।


लागु औषधको उत्पादन, सेवन, बेचबिखन तथा ओसारपसार गर्ने कार्यलाई पुणर् रुपले निरुत्साहित गर्ने हेतुले गोरखा जिल्लामा सार्वजनिक तथा व्यक्तिगत बाँझो पाखा जमिनमा प्राकृतिक रुपमै उम्रिएका ठूलो मात्रामा रहेका गाँजाका बोटहरु स्थानिय व्यक्तिहरु समेतको सहयोगमा कार्यालयले निरन्तर नष्ट गर्दै आइरहेको छ ।


जिल्लाका विभिन्न स्थानमा गाँजाका बोटहरु ठूलो मात्रामा रहेको देखिएमा नजिकको प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको हटलाईन १०० र कन्ट्रोल रुमको नं. ९८५६०९०२५५ मा खबर गरीदिनका लागी पनि सर्वसाधारणहरुलाइ अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्