| सोमवार, कार्तिक २३, २०८३

भक्तबहादुर माझी दुईदिनदेखि त्रिशुलीमा बेपत्ता


गोरखा सिउरेनीटारका भक्तबहादुर माझी दुईदिनदेखि त्रिशुलीमा बेपत्ता भएका छन् ।

मंगलबार दिउसो चार बजेतिर बाँदरेमा घाँस काट्न गएका गण्डकी गाउँपालिका ८ सिउरेनीटारका ६५ बर्षका माझी दुईदिनदेखि नफर्केका परिबारस्रोत उद्धृत गर्दै प्रहरीले जनाएको छ ।


‘उनका आफन्त, छरछिमेक र प्रहरीले संयुक्त रुपमा खोजी गर्दा त्रिशुलीको किनारमा उनले प्रयोग गर्ने लाइटर, सुर्ती, चप्पल र हँसिया फेला परेकाले उनी त्रिशुलीमा बेपत्ता भएको हुनसक्छ’, डिएसपी प्रकाश दाहालले भने, ‘उनको खोजी कार्य जारी छ । तर फेला परेका छैनन् ।’

स्थानीय एक महिलाले त्रिशुलीमा एकजनालाई बगाएर लगेको देखेको हुनाले सो व्यक्ति उनै माझी हुनसक्ने अनुमान रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्