
विद्यार्थीलाई यौन दुब्र्यवहार गर्ने शिक्षक विनोद पाण्डे पूर्पक्षका लागि थुनामा
दरौँदी ः विद्यार्थीलाई यौन दुब्र्यबहार गरेको आरोपमा पक्राउ परेको गोरखा नगरपालिका १० स्थित तारा मावि छेपेटारका शिक्षक विनोद पाण्डेलाई पुर्पपक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको छ ।
बुधबार जिल्ला अदालत गोरखाले शिक्षक पाण्डेलाई फैसला नहुन्जेलका लागि पूर्पक्षमा राख्न आदेश दिएको श्रेस्तेदार गोविन्द आचार्यले जानकारी दिए । शिक्षक पाण्डेलाई गत जेठ २ गते साँझ पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो ।
विद्यालयको कम्प्यूटर कक्षाको पिरेडमा शिक्षक पाण्डेले छात्राको सम्बेदनशिल अंगमा हातले छोएको भनेर छात्रा रुँदै कक्षा बाहिर निस्किएपछि घटना सार्वजनिक भएको थियो । लगत्तै पीडित बालिकाको परिवारले बाह्रकिलो प्रहरीचौकीमा उजुरी गरेपछि पाण्डेलाई पक्राउ गरी हिरासतमा राखेर थप अनुसन्धान गरिएको थियो ।




