
दुई लाख २८ हजार सहित तास खेल्दै गरेका ८ जना गोरखा बजारबाट पक्राउ
गोरखा सदरमुकामबाट प्रहरीले ताल खेल्दै गरेका आठ जनालाई पक्राउ गरेको छ ।
गोरखा नगरपालिका ६ रेडक्रस मार्ग स्थित गणेश श्रेष्ठको घरबाट दुईलाख २८ हजार सात सय ३० रुपैयाँ सहित ८ जनालाई पक्राउ गरिएको डिएसपी प्रकाश दाहालले बताए ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका ८ का बुद्धीबहादुर घले, ४४ वर्षका बसन्त गुरुङ,वडा नम्बर ६ का ३१ वर्षिय राम गुरुङ,४९ वर्षिय भरत श्रेष्ठ, सिरानचोक ६ का ३१ वर्षिय धिरज गुरुङ, वडा नम्बर ६ का २८ वर्षिय सबिन गुरुड, अजिरकोट ४ का धनबहादुर गुरुङ, धार्चे गाउँपालिका २ का समिर गुरुडलाई पक्राउ गरिएको डिएसपी दाहालले बताए ।
जुवाडेहरुको साथबाट निलो रङको एक थान गलैँचा समेत बरामद गरिएको छ ।
पक्राउ परेकाहरुबिरुद्ध मुलुकी अपराध संहिता २०७४ बिरुद्ध मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट चार दिनको म्याद थप गरि अनुसन्धान भईरहेको उनले बताए ।




