| सोमवार, कार्तिक २३, २०८३

सामागाउँका एक पुरुष नदीमा बेपत्ता


चुमनुब्री गाउँपालिका १ सामागाउँका एक पुरुष स्थानीय एक खोलामा बेपत्ता भएका छन् । ३२ बर्षका धावारेतार लामा शनिबार घोँडा चराएर फर्कने क्रममा खाङ्सारको घ्याल्बो खोलाको पुलबाट खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।


घ्याल्बोखोला एकसयमिटर बगेपछि बूढीगण्डकी नदीमा मिसिने भएकाले बेपत्ता भएका लामा सोही नदीमा बगेर बेपत्ता भएको हुनसक्ने प्रहरीको अनुमान छ ।


स्थानीयबासी र प्रहरीको संयुक्त टोलीले उनको खोजी गरिरहेको डिएसपी प्रकाश दाहालले जानकारी दिए ।

निरन्तर पानी परिरहेकाले खोजी गर्न पनि कठिन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्