| सोमवार, कार्तिक २३, २०८३

पश्चिमकालीमा पार्किङ गरिएको मोटरसाईकलमा आगजनी

गोरखा नगरपालिका ५ पश्चिमकालीमा पार्किङ गरेर राखिएको मोटरसाईकलमा आगजनी भएको छ

। गोरखा नगरपालिका ५ का सन्देश पाण्डेको लु २६ प ८७९८ नम्बरको होण्डा कम्पनीको मोटरसाईकलमा आगजनी भएको हो ।


बिहिवार दिउँसो मोटरसाईकल पार्किङ गरेर घुमफिर गरिरहेका पाण्डेको मोटरसाईकलमा आगजनी भएपछि उनले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले आगजनीमा संलग्न गोरखा नगरपालिका ९ ठिगुरेश्वाँराका अमृत कमरलाई पक्राउ गरि कारबाही अगाडी बढाएको डिएसपी प्रकाश दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्