
सिम्जुङका फरार अभियुक्त पक्राउ
गोरखा जिल्ला अदालतबाट कैद सजायँ फैसला भएपछि बिगत लामो समयदेखि फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् ।
अजीरकोट गाउँपालिका ४ (साबिक सिम्जुङ गाविस २)का ३२ बर्षका गोपालबहादुर बयलकोटी पक्राउ परेका प्रहरीले जनाएको छ ।
उनलाई बुधबार गोरखा नगरपालिका ६ हरमटारीचोकबाट पक्राउ गरी अदालतसमक्ष बुझाएको प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले बताए ।




