
दिदीलाई बलात्कार गरेको आरोपमा भाइ पक्राउ
सौतेनी दिदीलाई बलात्कार गरेको आरोपमा गोरखामा एक पुरुष पक्राउ परेका छन् ।
सिरानचोक गाउँपालिका निबासी ३२ बर्षकी दिदीलाई बलात्कार गरेको आरोपमा २६ बर्षका भाइ पक्राउ परेका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।
गत सोमबार फरक क्षमता(बोल्न नसक्ने) सौतेनी दिदीलाई घरमा सुतिरहेको ठाउँबाट तानेर भान्साकोठमा लगेर बलात्कार गरेकोबारे पीडितले आफ्ना श्रीमान र जेठानीलाई खबर गरेपछि प्रहरीमा उजुरी परेको थियो ।
प्रहरीले उनलाई मंगलबार राती पक्राउ गरी बुधबार जबर्जस्ती करणी शीर्षकमा मुद्धा दर्ता गरेको छ ।




