
गोरखामा मंगलबार ३३ जना कोरोना संक्रमित थपिए
गोरखामा मंगलबार ३३ जना कोरोना संक्रमित थपिएका छन् । बिभिन्न पालिकाहरुमा २९ जना महिला र ४२ जना पुरुषको एन्टिजेन परीक्षण गर्दा ३३ जनाको पोजेटिभ रिपोर्ट आएको हो ।
मंगलवार थपिएकासँगै गोरखामा सक्रिय संक्रमितको संख्या तीनसय ४५ रहेको छ । सबैभन्दा धेरै भिमसेन थापा गाउँपालिका ८१ जना, गोरखा नगरपालिका ७९ जना, आरुघाट गाउँपालिकामा ५७ जना, पालुङटार नगरपालिका ४३ जना, बारपाकसुलिकोट गाउँपालिकामा ३७ जना, अजिरकोट गाउँपालिकामा २१ जना, सिरानचोक गाउँपालिकामा १६, धार्चे गाउँपालिकामा ५ जना र शहिदलखन गाउँपालिकामा १ जना गरी तीनसय ४० जना संक्रमित छन् । चुमनुब्री गाउँपालिका र गण्डकी गाउँपालिकामा भने हाल शून्य रहेको छ ।
गोरखा घर भइ अन्य जिल्लामा रहेका ५ जना गरी जम्मा तीनसय ४५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।




