| सोमवार, कार्तिक २३, २०८३

गोरखा लाक्पालका घाइतेको हेलिकोप्टरबाट उद्धार


धार्चे ३ लाक्पालमा भीरबाट लडेर घाइते भएका एक पुरुषको शनिबार हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

धम्पाचेत स्थित स्याउबारीमा कामको सिलसिलामा जाँडा लडेर गम्भीर घाइते भएका स्थानीय धनबहादुर गुरुङलाई गण्डकी प्रदेश सरकारको खर्च व्यवस्थापनमा उद्धार गरी काठमाडौँ लगिएको जनता समाजवादी पार्टीका चुमनुब्री गाउँपालिका अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।


उर्जा खानेपानी तथा सिँचाइ मन्त्री हरिशरण आचार्यको सक्रियतामा गरिएको हेलि उद्धारको क्रममा जसपाका जिल्ला अध्यक्ष नारायण खत्री, उपाध्यक्ष पराजुली, जसपाका चुमनुब्री गाउँपालिकाका अध्यक्ष कार्की लगायतको टोली खटिएका थिए ।


घाइते गुरुङलाई उपचारका लागि काठमाडौँको वीर अस्पताल लगिएको छ । घाइतेको टाउकोमा, गम्भीर चोट लागेको छ भने तिघ्रा तथा अन्य भागमा समेत गम्भीर चोट लागेको कार्कीले बताए ।


गुरुङले धम्पाचेत कृषि उपभोक्ता समितिमार्फत धम्पाचेतमा एकहजार पाँचसय वटा स्याउका बिरुवा रोपेर व्यवसायिक स्याउ खेती गरेका छन् ।

दुईबर्षअघि उनका भाइ जसपाका स्थानीय नेता चन्द्रमान गुरुङको पनि भीरबाट लडेरै मृत्यू भएको थियो ।

प्रतिक्रिया दिनुहोस्