
चितुवाको आक्रमणबाट मिरकोट सेराका एक बालक घाइते
चितुवाको आक्रमणबाट पालुङ्टार नगरपालिका ९ सेराका एक बालक घाइते भएका छन् । साबिक मिरकोट गाविस ८ सेराका १३ बर्षका बिक्रम बिक घाइते भएका स्थानीय गणेश सेढाईँले जानकारी दिए ।
साँझ गाउँलेको बाख्रा खाएर फर्किरहेको चितुवाले बालकलाई भेटेपछि अचानक आक्रमण गरेर शरीर भरि छियाछिया बनाएको उनले बताए ।

‘टाउको, ढाड र देब्रे हात छियाछिया बनाएको छ’, सेढाईँले भने, ‘हामी स्थानीयहरुले तत्काल केही आर्थिक संकलन गरी एम्बुलेन्स खोजेर उपचारका लागि गोरखा अस्पताल पठाएका छौँ ।’
गाउँलेले हल्लाखल्ला गरेपछि चितुवा भागेको र बालकको अबस्था खतरामुक्त रहेको उनले बताए ।

तस्वीरहरु सौजन्य : गणेशराज सेढाईँ ।




