
त्रिशुली नदी किनारमा बालवकको शव भेटियो
गोरखाको गण्डकी गाउँपालिका ८ बर्खेघाट स्थित त्रिशुली नदी किनारमा अन्दाजी ३/४ वर्षको बालवकको शव भेटिएको छ ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । केहीदिन अघि देखिको शव हुन सक्ने र कसको भन्ने पहिचान भने नभएको प्रहरीले जनाएको छ ।




