
आरुघाटमा एक कोरोना संक्रमितको मृत्यू
गोरखाको आरुघाटमा एक कोरोना संक्रमितको मृत्यू भएको छ । आरुघाट ३ थुमीकी ८१ वर्षिय महिलाको उपचारको क्रममा आरुघाट गाउँपालिकाको कोभिड अस्पतालमा मृत्यू भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकदेव खनालले बताए ।
साउन २८ गते कोरोना संक्रमण भएको उनी ३१ गतेदेखि कोभिड अस्पताल भर्ना भएकी थिईन । उनको मंगलवार बिहान मृत्यू भएको हो ।




