
छोराले आत्माहत्या गरेको भोलिपल्ट आमापनि झुण्डिएर आत्माहत्या
गोरखाको भिमसेन थापा गाउँपालिका ८ महादेवटारमा छोराले आत्माहत्या गरेको भोलिपल्ट आमाले पनि आत्माहत्या गरेकी छिन् ।
२० वर्षिय राजकुमार दरैले असार २८ गते बिहान घरभित्रै झुण्डिएर आत्महत्या गरेका थिए । शनिवार बिहान उनको सौतेनी आमा ३४ वर्षिय नरिमाया दरै घरभित्रै झुडिएर आत्माहत्या गरेको अवस्थामा भेटिएको वडा अध्यक्ष बासु थापाले बताए । ‘छोरा पनि आमा पनि घरभित्रै झुण्डिएको अवस्थामा भेटिएका हुन्’ उनले भने ‘छोरा मरेको भोलिपल्ट आमा पनि झुण्डिएको अवस्थामा भेटिईन ।’
आमा छोराले आत्माहत्या गर्नु पारिवारिक कलहको कारण हुन सक्ने वडा अध्यक्ष थापाले बताए । छोरा सँग समान्य बादबिवाद भएको र छोरा झुण्डिएपछि आफ्नो कारणले झुण्डिनु परेको भन्ने चिन्ता आमाले पनि लिएको छिमेकी बताउँछन् ।
शव पोष्टमार्टका लागि प्राथमिक स्वास्थ्य केन्द्र आरुघाट लगिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले बताए । गोरखामा आत्माहत्याको घटना पछिल्लो समय बढ्दो छ ।




