| सोमवार, कार्तिक २३, २०८३

तनहुँमा बस दुर्घटना हुँदा ७ जना घाइते एकको अवस्था गम्भीर

सोमबार बिहान तनहुँमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

तनहुँको व्यास नगरपालिका ५ कन्टारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा ग १ ख ४२१५ नम्बरको बस दुर्घटनाभएको हो ।

दुर्घटनामा तनहुँ व्यास नगरपालिका १० की २९ वर्षीया अप्सरा पौडेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी अन्य ६ जना भने सामान्य घाइते भएका छन् ।

बस आफै अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्