| सोमवार, कार्तिक २३, २०८३

दरौँदीमा भट्टको र मस्र्याङ्दीमा बेवारिसे महिलाको शव फेला


शनिबार गोरखाको दुई नदी किनारमा दुई शव भेटिएको छ । दरौँदी र मस्र्याङ्दी नदीको किनारमा एक महिला र एक पुरुषको शव भेटिएको हो ।


दरौँदीको सिरानचोक गाउँपालिका ७ अर्कुल खण्डमा बारपाक सुलीकोट गाउँपालिका ५ लाँकुरीबोट बस्ने यमप्रसाद भट्टको शव फेला परेको प्रहरीले जनाएको छ ।


भट्टको शव नदीको मध्यबगरमा फेला परेको एसपी शेखर खनालले जानकारी दिए ।
माछा मार्न गएको एक युवाले नदी बिचमा घोप्टो परेको अवस्थामा शव देखेपछि स्थानीयलाई खबर गरेको र स्थानीयले प्रहरीलाई जानाकारी गराएका थिए ।


घटनाको अनुसन्धानका लागि जौबारी प्रहरी चौकीबाट प्रहरी खटाएको एसपी शेखर खनालले बताए ।


त्यस्तै मस्र्याङ्दी नदीको गोरखा नगरपालिका १४ याङ्कोट खण्डमा एक महिलाको बेवारिसे शव भेटिएको छ । सडेगलेको अबस्थामा शव भेटिएकाले पहिचान गर्न कठिनाइ भइरहेको उनले बताए ।





प्रतिक्रिया दिनुहोस्