| सोमवार, कार्तिक २३, २०८३

गोरखामा पूर्ववत मापदण्डअनुसारकै निषेधाज्ञा १५ दिन थपियो


साबिककै नीति नियम पालना गर्ने गरी निषेधाज्ञा १५ दिनका लागि थपिएको छ । शुक्रबार सम्पन्न कोरोना संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी)को बैठकले नौ गते राती १२ बजेदेखि आउँदो २४ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।


थपिएको निषेधाज्ञामा पनि यसअघिको निषेधाज्ञामा निर्धारण गरिएको मापदण्ड यथावत लागु गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।


सबै खालका पसलहरु बिहान पाँच बजेदेखि साँझ सातबजेसम्म सञ्चालन गर्ने निर्णय भएको छ ।
जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी निजी तथा सार्वजनिक सवारी साधनहरु सुचारु गर्ने, कवर्डहल, शैलुन, व्युटीपार्लर, विद्यालय, क्याम्पस, विश्वविद्यालय, धार्मिकस्थलहरु खुल्ला नगर्ने व्यवस्थालाई पूर्ववत यथावत राखिएको छ ।


कोभिडको दोस्रो भेरियण्ट बढिरहेको र तेस्रो भेरियण्टको समेत जोखिम बढेकाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न गराउन बैठकले निर्देशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्