| सोमवार, कार्तिक २३, २०८३

मुग्लिन–आँबुखैरेनी सडक भासियो

 मस्र्याङ्गदी नदीले सडक कटान गर्दा पृथ्वीराजमार्ग एकतर्फी संचालन भएको छ। आज बिहान तनहुँको आँबुखैरेनी गाउँपालिका ४ स्थित मस्र्याङ्गदी पावरहाउस नजिकै सडक कटान हुदा राजमार्ग एकतर्फी संचालन भएको हो। 

211789357_335037724884375_4462951609072601863_n.jpg

नदीले सडक कटान गरेपछि जोखिम बढेकोले एकतर्फी मात्र सवारी संचालन गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरिक्षक दिपक थापाले जानकारी दिए। सडक कटान गरेको स्थानमा तत्काल अन्य व्यवस्था गर्नुपर्ने उनले बताए।

217527478_403677131041240_1248285198637747840_n.jpg

निरन्तर वर्षाका कारण सहायक नदीमा पानीको मात्रा बढ्दा मस्र्याङ्गदी नदी बढ्न गै मुग्लिन–आँबुखैरेनी सडक अन्तर्गत मात्रै २ ठाउँमा सडक कटान गर्दा उक्त स्थानहरुमा एकतर्फी यातायात संचालन गर्नुपर्ने बाध्यता परेको छ।

प्रतिक्रिया दिनुहोस्