| सोमवार, कार्तिक २३, २०८३

बढी भाडा लिएर जिल्ला बाहिरबाट यात्रु ओसार्ने माईक्रोबसलाई १० हजार जरिवाना

निषेधाज्ञाको उलंघन गरेर बढी भाडा लिँदै यात्रु ओसार्ने आईक्रोबसलाई जिल्ला प्रशासन कार्यालय गोरखाले १० हजार जरिवाना गरेको छ । प्रहरीले बा ५ ख १०७७, बा ५ ख १०७३ र ग १ ख ९६२२ नम्बरको तीनवटा माईक्रोबसलाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय बुझाएको थियो ।
तीनवटै सवारीलाई १०/१० हजार जरिवाना गरिएको प्रहरी निरीक्षक धर्म अधिकारीले बताए ।

चालकहरु प्रकाश भट्ट, मनिराज गुरुङ र सुजन भट्टलाई प्रहरीले पक्राउ गरेको थियो । सवारी साधन सहित पक्राउ परेका उनीहरुले एक हजार देखि पन्ध्र सय रुपैयाँ प्रतिब्यक्ति भाडा लिएर यात्रुलाई काठमाण्डौँ, चितवन पुर्‍याएका थिए ।


कोरोना संक्रमण बढिरहेका बेला जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा कायम राखेका बेला उलंघन गरेको भन्दै प्रशासनले कोभिड १९ संकट ब्यवस्थापन अध्यादेश २०७८ मार्फत कारवाही गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्