| सोमवार, कार्तिक २३, २०८३

सोतीको फुङ्गी खोलाले एक युवकलाई बगायो, बेहोस अवस्थामा उद्धार

गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ३ सोती स्थित फुङ्गी खोला तर्ने क्रममा एक युबकलाई खोलाले बगाएपछि उनी घाईते भएका छन् ।

आरुघाट १ श्यामचेतका किरण लामालाई खोलाले करिब २० मिटर तल पु¥याएको र स्थानीयले देखेपछि उद्धार गरेका थिए । बेहोस अवस्थामा उद्धार गरिएको ति युबकको आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्