| आइतवार, कार्तिक २२, २०८३

गोरखाको सिरानचोक ७ गोहोरेमा पहिरोले घर पुरिँदा वृद्ध दम्पतीको मृत्यू

गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ७ गोहोरेमा पहिरोले घर पुरिँदा एक वृद्ध दम्पतीको मृत्यू भएको छ ।

गएरातीको पहिरोले पुरिएर ८६ वर्षिय दामोदर (रमन) पाण्डे र ६८ वर्षिया नन्दकुमारी पाण्डेको मृत्यू भएको वडा अध्यक्ष सुरज ढकालले बताए ।

एक सय मिटर माथिबाट पहिरो खसेको र भुकम्पपछि पुन निर्माण गरिएको घरमा सुतिरहेको दम्पतीलाई पुरेको उनले बताए । ‘सुतिरहेको अवस्थामा शव भेटिएकाले राती पहिरोले च्यापिएको हुनसक्छ’ वडा अध्यक्ष ढकालले भने ‘बिहान मात्रै खबर भएपछि हामीले खोजी गरेका हौँ ।’ स्थानीय र प्रहरीको सक्रियतामा आज बिहान मात्रै शव निकालिएको थियो । घरमा दुई जना वृद्ध दम्पती मात्रै बस्दै आएका थिए ।
भुकम्पपछि निर्माण गरिएको ढुङ्गामाटोको घर सँगै रहेको पुरानो घरमा पनि पहिराले क्षती पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस्