
खारखोलाको बाढीमा फँसेकाको उद्धार
बिहिबार बिहानैदेखि खारखोलाको बाढीमा फँसेका पालुङ्टार नगरपालिका ९ का एक परिबारको सुरक्षित उद्धार गरिएको छ ।
स्थानीयबासी, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले बाढीको बीचमा फँसेका तीनजनाको उद्धार गरेको डिएसपी प्रकाश दाहालले जानकारी दिए ।
खेतको माझमा रहेको घर स्थानीय खारखोलामा आएको बाढीले घेरेपछि दुईजना भेल तरेर निस्कन सफल भएका थिए भने तीनजना बीचैमा फँसिरहेको थिए ।




