
पालुङ्टार २ का १५ भन्दा धेरै घर परिबार पहिरोको जोखिममा
अबिरल बर्षापछिको पहिरोले पालुङटार नगरपालिका वडा नं. २ का विभिन्न टोलका १५ भन्दा धेरै घरपरिबार जोखिममा छन् । गएराती रातभरको बर्षापछिको पहिरोले आँगेटारी, बानियाँगाउँ, राउतेपानी र खोल्लीगाउँका धेरै घरपरिबार जोखिममा रहेका वडाअध्यक्ष लोकनाथ वाग्लेले जानकारी दिए ।
उनका अनुसार आँगेटारी बानियाँगाउँका शेरबहादुर खत्री, वीरबहादुर बिक, बट्टाई बिक, भीमकुमार श्रेष्ठ, कृष्णबहादुर भुजेल, कमलबहादुर कार्की, आनन्द न्यौपानेको घर पहिरोको जोखिममा छन् ।
त्यहाँका १५ भन्दा धेरै घर जोखिममा रहेको उनले बताए । उनीहरुको उद्धारका लागि प्रहरी आइरहेको जानकारी प्राप्त भएको उनले बताए ।
त्यस्तै लिगलिगकोटको खोल्लीगाउँका टेकबहादुर सिँह ठकुरी र सुजनसिँह ठकुरीको धन्सार पनि पहिरोले भत्किएको स्थानीय पूर्णबहादुर रानाले जानकारी दिए ।
पहिरोले लुइँटेलभञ्ज्याङ, हर्मी, भच्चेक सडकखण्ड पनि ठाउँठाउँमा अवरुद्ध भएको उनले बताए ।
(सांकेतिक तस्वीर)




