
गोरखाका दुईजना कोरोना संक्रमितको मृत्यू
गोरखाका दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यू भएको छ । पालुङटार नगरपालिका ५ का एक पुरुष र सिरानचोक गाउँपालिका ३ का एक पुरुषको बुधबार उपचारको क्रममा मृत्यू भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पालुङ्टार ५ का ५४ बर्षका पुरुषको वीरेन्द्र सैनिक अस्पतालमा उपचारको क्रममा मृत्यू भएको हो । त्यस्तै सिरानचोक गाउँपालिका ३ का ४० बर्षका पुरुषको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यू भएको निर्देशनालयले जनाएको छ ।




