| सोमवार, कार्तिक २३, २०८३

बाढीले सामागाउँका खेतीबालीमा क्षति


चुमनुब्री १ सामागाउँमा तीनदिनदेखिको अबिरल बर्षापछिको भेल बारीमा पस्दा भर्खर लगाइएको खेतीबाली बगाएर बिनाश गरेको छ ।


स्थानीय १२ जना किसानले यसै हप्ता लगाएको आलुबारीमा बाढी पसेर बगाएर लगेको दावा नोर्बु लामाले बताए । साथै गाउँको बीचबाट बगेको खोलामा बाढी आएर २० वटा घरमा पसेको छ । ती घरहरुमा सामान्य क्षति भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्