
माटोको ढिस्कोले पुरिएर भिर्सिङमा दुईजनाको मृत्यू
सिरानचोक गाउँपालिका १ भिर्सिङको एक घरको घेराबार लगाउने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यू भएको छ ।
जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोककुमार गुरुङको घरको कम्पाउण्ड पर्खाल लगाउने क्रममा सोमबार दिउसो साँढे तीनबजे ४८ बर्षका काले गुरुङ र ३८ बर्षका भीमबहादुर गुरुङको मृत्यू भएको प्रहरीले जनाएको छ । उनीहरु दुवै जना स्थानीयबासी हुन् ।
उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र जौबारी लैजाँदा उनीहरुको मृत्यूको घोषणा गरेको प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।




