| सोमवार, कार्तिक २३, २०८३

कोरोनाबाट गोरखामा बैंक म्यानेजर र शिक्षकको मृत्यू

कोरोनाका कारण मंगलवार दुई जनाको ज्यान गएको छ ।

शहीदलखन गाउँपालिका ६ घैरुङमा रहेको प्राईम बैंक शाखाका म्यानेजर र सिरानचोक गाउँपालिका घर भई शहीदलखन गाउँपालिकाको शहीद स्मृती माविमा अध्यापन गराउने शिक्षकको ज्यान गएको हो ।
कोरोना संक्रमित ३६ वर्षका शिक्षक चितवनमा उपचाररत थिए भने बैंक शाखाका म्यानेजर काठमण्डौँमा उपचाररत थिए । घैरुङमा स्वाब दिएर कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनीहरु उपचार गराउन चितवन र काठमाण्डौँ गएका थिए ।

प्रतिक्रिया दिनुहोस्