| सोमवार, कार्तिक २३, २०८३

टिपरले उछिट्याएको ढुङ्गा लागेर दुई महिला घाइते

गोरखा–आँबुखैरेनी राजमार्ग अन्तर्गत गोरखा नगरपालिका १२ को एघारकिलोमा ना १ क ८९०४ नम्बरको टिपरले सडकबाट उछिट्याएको ढुङ्गाले लागेर दुई जना महिला घाईते भएका छन् । गोरखा नगरपालिका ११ की ४५ वर्षीया रिङ्कु कुमाल र सोही ठाउँकी ४० वर्षीया लालमाया कुमाल घाईते भएका हुन् ।
बारीमा काम गरिरहेका दुबै जनालाई सडकमा गुडेको टिपरको टायरले उछिट्याएको ढुङ्गाले लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मित्रलाल ढकालले बताए ।

घाइते दुबै महिलालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ । उनीहरुको पेट र खुट्टामा चोट लागेको छ । टिपर र चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्