| आइतवार, कार्तिक २२, २०८३

धार्चेडाँडामा पर्यटक आकर्षित गर्न बनाइएका संरचना तोडफोड

गोरखाको धार्चे गाउँपालिकाको वडा नम्बर धार्चेडाँडामा निर्माण गरिएको संरचना तोडफोड भएको छ । आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न पर्यटन बिभागको लगानीमा धार्चे गाउँपालिकाको समन्वयमा निर्माण भएको उक्त संरचना कसले तोडफोड गर्‍यो भन्ने पहिचान भएको छैन ।

मन्दिर सँगैको ओम, धार्चे हिल लेखिएको बोर्ड भत्काउने, भाँच्ने गरिएको छ । तोडफोड कसले गर्‍यो भन्ने यकिन नभएको र उक्त घटनाबारे सोधखोज गरिरहेको वडा नम्बर ५ का अध्यक्ष तुलसिंङ गुरुङले बताए ।

लाखौँ लगानी गरेर बनाइएका संरचना तोडफोड गर्नु पर्यटन बिकास बिरोधीको काम भएको धार्चे मनास्लु पर्यटन बिकास समितिका अध्यक्ष साने गुरुङले बताए । ‘यसले पर्यटन क्षेत्रको बिकासको संभावना घटाउँछ’ उनले भने ।

धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले तोडफोड गर्नेको खोजी गर्न प्रहरीको सहयोग लिईने बताए ।

प्रतिक्रिया दिनुहोस्