
जिल्लाका सबै विद्यालयको पठनपाठन र परीक्षा बन्द,
जिल्ला स्तरको कोभिड १९ विपद व्यवस्थापन समितिले जिल्लाका सबै पालिकाका सबै शिक्षण संस्था अनिश्चितकालसम्मका लागि बन्द गराउने निर्णय गरेको छ ।
यसअघि आठवटा पालिकाले मात्र शिक्षण संस्था बन्द गरेर बाँकी तीन पालिकाले खुल्ला गरिरहेको भए पनि बुधबार सम्पन्न समितिको बैठकले बिहिबारदेखि कुनै पनि विद्यालय खुल्ला गर्न नपाइने निर्णय गरेको हो ।
त्यस्तै बैठकले जिल्लाका सबै एम्बुलेन्सलाई तयारी अबस्थामा राख्ने, दुईवटा एम्बुलेन्स डिसिसिएमसीको निगरानीमा स्ट्याण्डबाई राख्ने निर्णय गरेको छ ।
सबै पालिकाको केन्द्रमा एम्बुलेन्स स्ट्याण्डबाई राख्ने, कोरोनाका कारण कसैको निधन भएमा सम्बन्धित पालिकाले नेपाली सेनासँग समन्वय गरी शव व्यवस्थापन गर्ने पनि निर्णय भएको छ ।




