| आइतवार, कार्तिक २२, २०८३

रुकुम पश्चिमका एक युवाको गोरखामा मृत्यू


गोरखामा पश्चिम रुकुमका एक युवाको करेण्ट लागेर मृत्यू भएको छ ।

गोरखा नगरपालिका वडा नं. ६ मा करेण्ट लागेर रुकुम पश्चिमका ३२ बर्षीय थलबहादुर बिकको मृत्यू भएको प्रहरीले जनाएको छ ।


दरबारमार्गको सडक ढलान गर्न शुक्रबार बिहान छ बजे रड ठड्याउने क्रममा हाइटेण्सन लाइनमा छुँदा बिकको घटनास्थलमै मृत्यू भएको प्रहरी निरीक्षक धर्म अधिकारीले जानकारी दिए ।


उनको शव पोष्टमार्टमका लागि गोरखा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्