| आइतवार, कार्तिक २२, २०८३

फरार अभियुक्त पक्राउ

प्रहरीले एक फरार अभियुक्तलाई गोरखाको धुवाँकोटबाट पक्राउ गरेको छ ।
भक्तपुर जिल्ला अदालतबाट एकबर्ष ११ महिना सात दिन कैद र ५० हजार रुपैयाँ जरिबाना सजायँ तोकेपछि फरार रहेका एक अभियुक्तलाई पक्राउ गरी शुक्रबार कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।


अदालतको आदेशअनुसार पालुङटार ९ धुवाँकोटका २२ बर्षका राज कुमाललाई घरबाटै पक्राउ गरिएको र गोरखा जिल्ला अदालतको आदेशअनुसार शुक्रबारै कारागार चलान गरिएको डिएसपी प्रकाश दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्