| आइतवार, कार्तिक २२, २०८३

आत्महत्या दुरुत्साहन आशंकामा दिनभरी प्रशासन अगाडी धर्ना

गोरखाको पालुङटार नगरपालिका ५ चेपे दोभानका सानुकाजी अधिकारी सोमवार घरबाट सात सय मिटर पर खानायोको रुखमा झुण्डिएको अवस्था फेला परे । परिवारका सदस्यको मानसिक तनाब सहन नसकेर आत्महत्याको बाटो रोजेको भन्दै त्यहाँका स्थानीय मंगलवार जिल्ला प्रशासन र प्रहरी कार्यालय आईपुगे ।

बिहान१० देखि दिउँसो ४ बजे सम्म करिब एक सय हाराहारी स्थानीयले प्रशासन कार्यालय अघि मृतकको परिवारमाथि छानबिन हुनुपर्ने माग राख्दै दबाव दिए । प्रशासनलाई दबाव दिए ।
चैत १६ गते मृतक अधिकारीले श्रीमतीलाई कुटपिट गरेको र गम्भिर चोटपटक लागेकी श्रीमती उपचार गर्न चितवन गएको प्रहरीले जनाएको छ । घरमा कोहीपनि नभएको बेला अधिकारीले आत्महत्या गरेकाले परिवारको संलग्नता भए÷नभएको बारे अनुसन्धान भईरहेको डिएसपी प्रकाश दाहालले बताए ।

परिवारमाथि आशंका गरेका स्थानीय र परिवारका सदस्य बिच प्रहरीको रोहबरमा दिनभर जिल्ला प्रहरी कार्यालयमा छलफल चल्यो । अन्ततः शव पोष्टमार्ट गरेर दाहासंस्कार गर्ने र त्यसपछि उजुरीको आधारमा छानबिन गर्ने सहमती पछि स्थानीय फर्किएका हुन् । ‘आशंका लागेको छ भने उजुरी दिनुहोस् हामी छानबिन गर्छौँ भनेका छौँ’ डिएसपी दाहालले भने ।

प्रतिक्रिया दिनुहोस्