| सोमवार, कार्तिक २३, २०८३

गुडिरहेको ट्याक्टरबाट खस्दा एक जनाको मृत्यू

गोरखा नगरपालिका वडा नम्बर १० छेवेटारमा ट्याक्टरबाट खस्दा शनिवार एक जनाको मृत्यू भएको छ ।
बाह«किलोबाट छेवेटार जाँदै गरेको ग १ त ४३७१ नम्बरको ट्याक्टरको पछाडी सवार गोरखा नगरपालिका वडा नम्बर १० अमलपानीका ३१ वर्षिय डिलबहादुर नेपालीको मृत्यू भएको हो । ट्याक्टरबाट खसेका नेपालीलाई ट्याक्टरको पछाडी भागको टयरले च्यापेको र घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले बताए ।

ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्