
आगो निभाउने क्रममा आरुघाटमा एक वृद्धको मृत्यु
आरुघाट गाउँपालिका वडा नं ७ सातदोबाटोमा रहेको सातदोबाटो सामुदायीक वनमा लागेको आगो निभाउने क्रममा एक वृद्धको मृत्यू भएको छ ।
बनको आगो घर नजिकैको पारालको टौवामा आउन सक्ने भन्दै निभाउन गएका ७२ वर्षिय मोहन फेवाली मगरको ज्यान गएको हो ।
बुधवार राती आगो निभाउन गएका उनी लामो समय नफर्किएपछि खोजी गर्दा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका एसपी शेखर खनालले बताए ।
बुधवार हावाहुरी अत्याधिक आएको र विद्युत सट् भएर आगो लागेको बताइएको छ ।




