
हरमटारी क्षेत्रमा दिनदहाडै कोठा फुटाएर नगद र सुन चोरी
गोरखा सदरमुकामको हरमटारी क्षेत्रबाट आईतवार दिउँसो चोरी भएको छ । सुस्मा श्रेष्ठको कोठाबाट तीन तोला सुन र नगद २२ हजार चोरी भएको पिडित श्रेष्ठले बताईन ।
कोठामा कोहीपनि नभएको मौका छोपेर चोरी भएको उनले बताईन । प्रहरीले घटनाबारे अनुसन्धान भईरहेको र चोरी गर्ने खोजी गरिएको जनाएको छ । सदरमुकामका घरमा दिउँसो चोरी हुन थालेपछि सर्वसाधराणमा भने त्रास बढेको छ ।




