
भरुवा बन्दुक सहित सिर्दिबासबाट १९ वर्षिय युवक पक्राउ
प्रहरी भरुवाबन्दुकसहित एकजनालाई नियन्त्रणमा लिएको छ । चुमनुव्री गाउपाँलिका–३ सिर्दिबासस्थित पाङसिङका १९ वर्षीय सन्देश गुरुङलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।
भरुवा बन्दुक पड्काएको सूचनाका आधारमा सिर्दिवास प्रहरी चौकीबाट खटिएको टोलीले गुरुङलाई घरमा लुकाएर राखेको अवस्थामा एक नाले भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले बताए ।
घटनाको थप अनुसन्धान भइरहेको र शुक्रबार गुरुङविरुद्ध हातहतियार खरखजना अन्तरगत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाउने उनले बताए ।




