| सोमवार, कार्तिक २३, २०८३

नेकपाका गोरखा नगर कमिटि सदस्य बानियाँद्धारा आत्महत्या

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का गोरखा नगर कमिटि सदस्य दिबाकर बानियाँले आत्महत्या गरेका छन् । सोमवार बिहान घर नजिकै रुखमा झुण्डिएर ४८ वर्षिय बानियाँले आत्महत्या गरेका हुन् ।

गत स्थानीय चुनावमा उनी तत्कालिन नेकपा एमालेबाट गोरखा नगरपालिका वडा नम्बर ४ को उमेद्धवार पनि थिए । उनको शव गोरखा अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्