| सोमवार, कार्तिक २३, २०८३

मोटरसाइकल चोर्नेलाई ३ महिना कैद र ३० हजार जरिवाना

दुईवटा मोटरसाइकल चोरेर भाग्दै गरेका लम्जुङ जिल्ला दूधपोखरी गाउँपालिका १ का रमेश भट्टराईलाई गोरखा अदालतले कारागार चलान गरेको छ । माघ १३ गते पक्राउ परेका भट्टराइलाई ३ महिना कैद र ३०हजार जरिवाना सहित कारागर चलान गरिएको हो ।
उनको साथबाट पल्सर २२० सिसिको बा ६८ प ११०९ नम्बर रहेको रातोकालो मोटरसाइकल बरामद गरिएको थियो । प्रहरी निरीक्षक इश्वर लौडारी नेतृत्वको प्रहरी टोलीले भट्टराईलाई सिरानचोक गाउँपालिका वडा नं. ८ गोपालडाँडाबाट पक्राउ गरेको हो ।
भट्टराईले धादिङको गजुरीबाट ३–०२–००२ प ६८८६ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल चोरी पालुङटार नगरपालिका ५ ठाँटीपोखरीमा छोडी भागेका थिए ।

प्रहरीको चेकिङ भइरहेको ठाउँमा चोरीको मोटरसाइकल छोडी अर्को मोटरसाइकल चोरी गरी भागेको प्रहरीको बयानमा बताएका एसपी गुरुङले जानकारी दिए । सो मोटरसाइकल माघ १५ एक कार्यक्रम गरी मोटरसाइकलधनीलाई हस्तान्तरण गरिएको थियो । भट्टराईले यसअघि चितवनमा नक्कली चेक दिएर विजुलीको सामान लिई फरार रहेको आरोप पनि रहेको प्रहरीले जनाएको छ ।
गोनपा ८ बराहबाट चोरी भएको लु ५९ प ०९२४ नम्बरको पल्सर मोटरसाइकल भने अझैसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्