
शहीद लखन ३ मा भएको जीप दुर्घटनामा एकको मृत्यू
शहीद लखन गाउँपालिका वडा नं. ३ ज्याब्रुङपाखामा भएको जीप दुर्घटनामा एकको मृत्यू भएको छ । आँबुखैरेनीबाट मनकामनातर्फ जाँदै गरेको ग १ च ८७९२ नम्बरको बोलेरो जीप बुधबार साँझ सातबजेतिर सडकबाट पल्टिएर भएको दुर्घटनामा करिब ३५ बर्षका तोपनारायण श्रेष्ठको मृत्यू भएको घटनास्थलका प्रत्यक्षदर्शी सुवास अर्यालले जानकारी दिए ।
अन्य चार जना सामान्य घाइते रहेका उनले बताए ।
घटनास्थलमा प्रहरी पुगिसकेको र मुचुल्का तयार गर्ने काम भइरहेको प्रहरी एसपी सुरेन्द्र गुरुङले बताए ।




