
आँबुखैरेनीमा मोटरसाईकल दुर्घटना हुँदा पछाडी सवार एकको मृत्यू
आँबुखैरेनी बजारमा आईतवार बिहान भएको मोटरसाईकल दुर्घटनामा लमजुङको मध्यनेपाल नगरपालिका ६ का अन्वेष पौडेलको ज्यान गएको हो ।
मोटरसाईकलको पछाडी सवार पौडेलको घटनास्थलमै मृत्यू भएको हो भने चालक ५१ वर्षिय युवराज घिमिरे भने समान्य घाईते भएका प्रहरीले जनाएको छ ।
मुग्लिनबाट पोखरातर्फ जादै गरेको भारतीय नम्बर प्लेट भएको एनएल ०१ एन २९८६ ग्याँस बुलेटलाई ओभरटेक गर्ने क्रममा गोरखाबाट मुग्लिनतर्फ जाँदै गरेको ग ३ च २०८४ नंम्बरको निजी कारसँग ना १९ प ९२४ नंम्बरको मोटरसाईकल ठोक्किएर दुर्घटना भएको आँबुखैरेनीका प्रहरी निरीक्षक बिकास थापाले बताए ।




