
गोरखाको ९ किलोमा बस र मोटराइकलबिच टक्कर, २ जना घाइते
गोरखा-आँबुखैरेनी सडकखण्ड अन्तर्गत ९ किलोमा बस र मोटरसाइकल ठोक्किँदा २ जना गम्भिर घाइते भएका छन् । गोरखा बजारबाट चितवन जादै गरेको ग १ ख ४५२२ नम्बरको बस र विपरित दिशाबाट आइरहेको वागमती प्रदेश-०२-०२२-प६४२२ नम्बरको मोटरसाइकल दिउँसो पौने ३ वजेतिर ठोक्किएका हुन् ।
दुर्घटनामा गोरखा सिरानचोक वडा नं. ८ घर भएका वर्ष १७ का मोटरसाइकल चालक विशाल पन्त र काठमाडौँ मनमैजु बस्ने वर्ष ३२ का केशर दवाडी घाइते भएका हुन् । पन्तको छिम्केश्वरी अस्पताल आँबुखैरेनी र दवाडीको गोरखा अस्पतालमा उपचार भैरहेको छ ।
दुवै घाइतेलाई थप उपचारका लागि रिफर गर्ने तयारी भइरहेको दुवै अस्पतालले जनाएका छन् ।




