| सोमवार, कार्तिक २३, २०८३

टिपरले किचेर बारपाक सुलिकोटमा एक पुरुषको मृत्यू

गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ५ ताकुमाझ लाकुरीबोटमा टिपरले किचेर एक पुरुषको ज्यान गएको छ ।

बालुवा लिएर ताकुकोट जाँदै गरेको ग १ ख ७५८८ नम्बरको टिपरको ठक्करबाट ३८ वर्षिय बलबहादुर बरामको मृत्यू भएको प्रहरीले जनाएको छ ।
बराम उक्त टिपरबाट झर्ने क्रममा टिपरले किचेको थियो । गम्भिर घाईते उनको गोरखा अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्