| सोमवार, कार्तिक २३, २०८३

गोरखाको लक्ष्मीबजारमा कोलेनिकाको गाडी दुर्घटना हुँद ५ घाईते, दुई बालिका गम्भिर

कोष तथा लेखा नियन्त्रण कार्यालय गोरखाको बा२झ २२९२ नम्बरको बोलेरो गाडीको ठक्करबाट दुई बालिका सहित पाँच जना घाईते भएका छन् । गोरखा–खैरेनी राजमार्गको लक्ष्मीबजारमा सडक छेउमा हिँडिरहेका अमिसा थापा मगर, र इम्रन राना मगरलाई गाडीले ठक्कर दिएको हो । दुर्घटनामा गम्भिर घाईते दुबै जानालाई गोरखा अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि चितवन रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी सुरेन्द्र गुरुङले बताए ।


जिपमा सवार कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख नारायणदत्त शर्मा र जिल्ला प्रशासन कार्यालयका अधिकृत गणेशप्रसाद भट्टराई र उर्मिला भट्टराई पनि घाईते भएका छन् । जिपमा सवार घाईतेहरुको गोरखा अस्पतालमा उपचार भईरहेको छ ।


ठक्कर दिएको गाडी सडकबाट करिब १० मिटर तल खोल्सामा खसेको छ । दुई बालिका गोनपा ९ लक्ष्मीबजारको महालक्ष्मी माविबाट घर फर्कँदै थिए भने जिप गोरखाबाट चितवनका लागि छुटेको थियो ।

प्रतिक्रिया दिनुहोस्