| सोमवार, कार्तिक २३, २०८३

प्रचण्ड–नेपाल समूहको भोलिको आमहड्तालमा के बन्द हुन्छन्, के हुदैनन् ?

पुष्पकमल दाहाल(प्रचण्ड) र माधवकुमार नेपालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बिहिबार आम हड्तालको आव्हान गरेको छ ।

सोही पार्टीको एउटा समूहका नेता केपी शर्मा ओली नेतृत्वको सरकारको ‘रवैया विरुद्ध’ भन्दै अर्को समूहले आमहड्तालको घोषणा गरेको हो ।

भोलि(बिहिबार) हुने आमहड्तालमा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने स्पष्ट पारेको छ । यस्तै विद्यार्थीहरुको परीक्षा सञ्चालनमा पनि कुनै अवरोध हुनेछैन ।

प्रचण्ड नेपाल पक्षले आन्दोलनका कार्यक्रमबारे जानकारी दिन बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा यातायत, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द हुने जानकारी दिइयो ।

पत्रकारसम्मेलनपछि वितरण गरिएको प्रेस वक्तव्यमा यसअघि नै घोषित माघ २८ गते काठमाडौँमा हुने विरोध प्रदर्शन र सभा यथावत राख्ने उल्लेख गरिएको छ । यस्तै माघ २२ गते काठमाडौंमा हुने भनिएको युवा र्याली माघ २८ पछि हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्