| सोमवार, कार्तिक २३, २०८३

मलेसियामा

बालवालिका लक्षित हिंसाका घटना बढ्यो :इन्सेक

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) गोरखाले बालबालिका लक्षित हिंसाका घटना बढेको जनाएको छ । गत वर्षको पुसदेखि अहिले एक वर्षको अवधीमा १४ वटा बलात्कारको घटना प्रहरी कर्यालयमा दर्ता भएकोमा ११ वटा घटनाका पिडित बालवालिका छन् ।

यौन दुब्र्यवाहारका ६ वटा घटना घटेकोमा ३ वटा घटनाका पिडित बालिका छन् । बालिकामाथि हुने हिंसाका घटना गत वर्ष भन्दा यस वर्ष बढेको इन्सेक गोरखाका प्रतिनिधि हरिराम उप्रेतीले बताए । ‘कमजोर आर्थिक अवस्था भएका, शारीरिक रुपमा अशक्त, सामाजिक रुपमा कमजोर परिवारका बालवालिका हिंसाको शिकार बनेका छन्’ इन्सेक प्रतिनिधि उप्रेतीले भने ।

इन्सेकले वर्षेनी प्रकाशन गर्ने मानव अधिकार वर्षपुस्तकका लागि घटना बिवरण सार्वजनीक गर्ने क्रममा शुक्रवार गोरखा सदरमुकाममा सरोकारवाला बिच उक्त विषय जानकारी गराएको हो । इन्सेकका अनुसार एक वर्षको अवधीमा नेपाल सरकारले प्रतिबन्ध लगाएको बिप्लव समुहका ८ जनालाई पक्राउ गरेको छ ।

शान्ति बिरुद्धको कसुरमा अधिकासं घटनामा मुद्धा दर्ता भई कारवाही भएको देखिन्छ । आर्थिक सामाजिक र सांस्कृतिक अधिकार हननका तीनवटा घटना एक वर्षे अवधीमा दर्ता भएका छन् । कोभिड १९ को प्रभावका कारण गत वर्ष भन्दा मानव अधिकार हननका घटनाको संख्या कम भएपनि बालवालिका माथि हिंसाका घटना धेरै देखिन्छ ।

कार्यक्रममा प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले हिंसाका घटना न्यूनिकरण गर्न नागरिक समाज, सञ्चारकर्मीको भुमिका महत्वपूणर् हुने बताए ।

प्रतिक्रिया दिनुहोस्