
श्रीमतीको हँसिया प्रहारबाट ताप्लेमा ७९वर्षिय वृद्ध गम्भिर घाईते
श्रीमतीले खुर्पा प्रहार गर्दा गोरखा नगरपालिका वडा नम्बर १ ताप्लेका ७९ वर्षिय हरिप्रसाद सिंखडा गम्भिर घाईते भएका छन् ।
मानसिक संन्तुलन ठिक नभएकी ६७ वर्षिय थानकुमारी सिंखडाले बिहिवार बिहान सुतिरहेका बेला खुर्पाले हिर्काएको र अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
घाईते वृद्धको चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ ।
उनको टाउको र घाँटीमा गम्भिर चोट छ । गोरखा अस्पतालमा उपचार हुन नसकेपछि उनलाई रिफर गरिएको थियो । घाईते वृद्धको एक छोरा र एक छोरी छन् । दुबै जना घरमा नरहेको, श्रीमान श्रीमती एकै घरमा बसेपनि छुट्टाछुट्टै खाने बस्ने गर्दै आएको प्रहरी निरीक्षक धर्म अधिकारीले बताए ।
हरिप्रसादले थानकुमारीलाई दोस्रो बिबाह गरेका थिए । खुर्पा प्रहार गर्ने थानकुमारीलाई पक्राउ गरेपनि मानसिक सन्तुलन ठिक नभएकाले वडा अध्यक्षको जिम्मा लगाएर प्रहरी पुन छाडेको छ ।
उनको पनि उपचार गर्नुपर्ने अवस्था रहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।




